गोरखामा बाबुरामसँग कांग्रेसका दवाडी र सुदनसँग प्रेम खत्रीले प्रतिस्पर्धा गर्ने
सोमबार, ०५ माघ २०८२, १९ : ३३
पोखरा । नेपाली कांग्रेसले गोरखाका दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।
क्षेत्र नम्बर १ मा प्रेम कुमार खत्री र २ बाट प्रकाशचन्द्र दवाडीलाई टिकट दिइएको हो । रास्वपाले गोरखा–१ मा सुदन गुरुङलाई उम्मेदवार बनाउन लागेको छ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बाट हरिराज अधिकारी र एमालेबाट आरसी लामिछानेलाई टिकट दिइएको छ ।
क्षेत्र नम्बर २ यसपालि रोचक हुने पक्का छ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग प्रतिस्पर्धा गर्न कांग्रेसले दवाडीलाई रोजेको हो ।
यहाँ रास्वपाले केन्द्रीय महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाउने देखिएको छ भने नेकपाबाट लेखनाथ न्यौपानेले टिकट पाइसकेका छन् । एमालेले गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई मैदानमा उतारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण