तनहुँमा स्वर्णिम र गोविन्द फेरि आमनेसामने, २ मा कांग्रेसबाट पुनः शंकर
सोमबार, ०५ माघ २०८२, १९ : ३८
पोखरा । तनहुँमा नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि टिकटको टुंगो लगाएको छ ।
क्षेत्र नम्बर १ मा गोविन्द भट्टराईलाई कांग्रेसले टिकट दिएको हो । यसअघिको उपनिर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेसँग पराजित भएका थिए । अहिले कांग्रेसले टिकट दिएसँगै उनी वाग्लेसँग आमनेसामने हुने पक्का भएको हो ।
क्षेत्र नम्बर २ मा भने शंकर भण्डारीले पुनः टिकट पाएका छन् । भण्डारी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एमालेले १ बाट भगवती न्यौपाने र २ बाट केदार सिग्देललाई उठाएको छ । भण्डारीको प्रतिस्पर्धी रास्वपाबाट श्रीराम न्यौपाने टुंगिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण