तीन दशकदेखि थानीले लड्दै आएको सुर्खेत–२ मा कांग्रेसबाट नारायण कोइराला उम्मेदवार
सुर्खेत । कांग्रेसका प्रभावशाली नेता हृदयराम थानीले चुनाव लड्दै आएको सुर्खेत–२ मा नारायण कोइराला उम्मेदवार बनेका छन् ।
थानीले यसअघि चुनाव नलड्ने घोषणा गरेका थिए । ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ को गरी ६ पटक चुनाव लडेका थानी कांग्रेस कर्णालीमा संस्थान इतर पक्षको नेतृत्वकर्ता हुन् ।
यद्यपि उनी विशेष महाधिवेशनमा नखुलेपछि उनी निकट नेताहरूले सहयोग नगर्ने बताएपछि थानीले चुनाव नलड्ने घोषणा गरेका थिए ।
अहिले उक्त क्षेत्रमा कुनै बेला थानी पक्षधर मानिने नारायण कोइराला उम्मेदवार बनेका हुन् । कोइराला सुर्खेत कांग्रेसभित्र बौद्धिक नेता मानिन्छन् । यसअघि केन्द्रमा शेखर कोइराला र प्रदेशमा थानी पक्षधर उनी विशेष महाधिवेशनको पक्षमा उभिएका थिए ।
उनलाई सोमबार पार्टी केन्द्रले टिकट दिइसकेको छ । राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका, पश्चिमका बराहताल, चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका रहेको यो क्षेत्रमा कोइरालाको उम्मेदवारीलाई युवा वर्गले स्वागत गरेको छ ।
यहाँ नेकपा एमालेबाट कुलमणी देवकोटा, नेकपाबाट झकबहादुर मल्ल र रास्वपाबाट रमेश सापकोटा उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण