अछाममा देउवा र गगन दुवै पक्षकाले पाए टिकट
धनगढी । नेपाली कांग्रेसले अछामको दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ । पार्टीले अछाम क्षेत्र नम्बर १ मा जिल्ला पूर्वसभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा वर्तमान जिल्ला सभापति पुष्पबहादुर शाहलाई उम्मेदवार बनाएको छ ।
यस पटकको टिकट वितरणले अछाम कांग्रेसमा देखिन सक्ने सम्भावित विग्रह र फुटको जोखिमलाई टारेको विश्लेषण गरिएको छ । सभापति गगन थापानिकट स्वाँर र शेरबहादुर देउवानिकट शाह दुवैले टिकट पाएपछि जिल्लामा शक्ति सन्तुलन मिलेको चर्चा हुन थालेको छ । दुवै गुटका नेताले अवसर पाएपछि कार्यकर्ताहरू एकढिक्का भएर चुनावमा जाने वातावरण बनेको छ ।
क्षेत्र नम्बर १ का उम्मेदवार भरतकुमार स्वाँर २०३३ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय पुराना नेता हुन् । यसअघि जिल्ला विकास समितिका सभापति र पार्टी जिल्ला नेतृत्व सम्हालिसकेका स्वाँरको यो संसदीय चुनावमा दोस्रो प्रयास हो । यसअघि २०७४ सालको निर्वाचनमा उनी तत्कालीन एमाले नेता भीम रावलसँग पराजित भएका थिए ।
क्षेत्र नम्बर २ मा भने रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ कांग्रेसका पुष्पबहादुर शाह र एमालेका यज्ञबहादुर बोगटीबिच तेस्रो पटक चुनावी भिडन्त हुँदै छ । शाहले २०७४ मा बोगटीसँग हार बेहोरेका थिए भने २०७९ को चुनावमा उनै बोगटीलाई हराएर संसदको यात्रा तय गरेका थिए, यसपटक यी दुई पुराना प्रतिद्वन्द्वी पुनः आमने–सामने हुँदै छन् ।
यद्यपि क्षेत्र नम्बर २ को प्रतिस्पर्धामा कांग्रेस र एमाले मात्र छैनन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट शरदसिंह भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भूपदेव शाह पनि चुनावी मैदानमा उत्रिएकाले नतिजा कसको पक्षमा जान्छ भन्न सकिने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण