दैलेख–२ मा चार पक्षीय प्रतिस्पर्धा : कांग्रेसले पुनः बनायो ठेकदार पृष्ठभूमिका शाहीलाई उम्मेदवार
सारांश
- दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले दीक्पालकुमार शाहीलाई पुनः टिकट दिएको छ।
- २०७९ को निर्वाचनमा माओवादीसहितको समर्थनमा चुनाव जितेका शाहीलाई एमालेका लक्ष्मीप्रसाद पोखरेलले कडा टक्कर दिएका थिए।
- यस क्षेत्रमा एमाले, नेकपा र रास्वपाले पनि बलिया उम्मेदवार उठाएका कारण चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
सुर्खेत । दैलेख क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले पुनः दीक्पालकुमार शाहीलाई नै टिकट दिएको छ । कांग्रेस विशेष महाधिवेशनको पक्षमा उभिएका उनी ०७९ को निर्वाचनमा टिकट पाएर चुनाव जितेका थिए ।
उक्त चुनावमा उनले माओवादीसहितको समर्थनमा २० हजार १८३ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत ल्याएका थिए ।
समाजवादी र माओवादीको साथ पाउँदा पनि शाहीले झिनो मतान्तरले मात्रै चुनाव जितेका हुन् ।उनी ठेकदार पृष्ठभूमिका हुन् । सांसद छँदै उनको कम्पनीले पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्ग अलपत्र पारेको भन्दै चर्को आलोचना भएको थियो ।
अहिले पनि कांग्रेसले उनै शाहीलाई उम्मेदवार बनाएको छ ।
उक्त क्षेत्रमा एमालेबाट पनि पुनः लक्ष्मीप्रसाद पोखरेल उम्मेदवार छन् । उनी बलियो जनमत भएका नेता हुन् । ०७० मा संविधान सभा चुनाव जितेका उनी यसअघि गुमेको एमाले साख फर्काउने ध्याउन्नमा छन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट याेगेन्द्रबहादुर शाही उम्मेदवार छन् । उनी ०७९ मा दैलेख–२ (ख)बाट प्रदेश सभा चुनाव लडेका थिए । यद्यपि पराजित भए ।
तर शाही कर्णालीका बौद्धिक नेता हुन्, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष समेत रहिसकेका शाही अहिले प्रतिनिधि सभा उम्मेदवार बने ।
उनी युवाहरूबिच लोकप्रिय नै छन् । अर्कातर्फ रास्वपाले पनि यहाँ अहिले बलियो उम्मेदवार उठाएको छ । नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्व कार्यकारी प्रमुख बखतबहादुर शाहीले घण्टी चुनाव चिह्नबाट चुनावी मैदानमा छन् । उनी पनि चिनिएकै व्यक्ति हुन् ।
यसर्थ यो क्षेत्रको चुनावी प्रतिस्पर्धा अझ रोचक बन्ने नेताहरू बताउँछन् । विशेष गरी यो क्षेत्रमा विगतदेखि नै एमाले र कांग्रेसबिच चुनावी प्रतिस्पर्धा हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण