कास्कीमा कांग्रेसले रानाभाट, बास्तोला र गुरुङलाई उम्मेदवार बनाउने
सोमबार, ०५ माघ २०८२, २२ : २०
पोखरा । नेपाली कांग्रेसले कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुङ्ग्याएको छ ।
सोमबार क्षेत्र नम्बर १ मा तिलक रानाभाट, क्षेत्र नम्बर २ मा माधवप्रसाद बास्तोला (मधु) र क्षेत्र नम्बर ३ मा मनोज गुरुङलाई उम्मेदवार बनाएको हो ।
यद्यपि उनीहरुले टिकट भने प्राप्त गरिसकेका छैनन् । रानाभाट व्यावसायिक पृष्ठभूमिका हुन् भने बास्तोला कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता हुन् ।
गुरुङ तरुण दल कास्कीका अध्यक्ष तथा कास्की ३ का कांग्रेस सभापति हुन् । अन्य दलहरूले उम्मेदवारको टुङ्गो लगाइसकेका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण