उम्मेदवारी दर्ता गरेपछि महेशले भने–राष्ट्रियता जोगाउने मुख्य मुद्दा हुन्छ
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेकपा एमाले र आफ्नो चुनावी मुख्य मुद्दा राष्ट्रियता जोगाउने भएको बताएका छन् । मंगलबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेपछि प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् ।
‘फागुन २१ को चुनाव होला कि नहोला भन्ने आशङ्कामा दलहरू थिए । सरकारका गतिविधि र कांग्रेसको विवादले त्यो शंका थपिएको थियो’, बस्नेतले भने, ‘माघ ६ गतेसम्म आउँदा दर्ता प्रक्रिया भएको छ ।’
उनले एमाले हामी सर्तकतापुर्वक निर्वाचनमा गएको भन्दै विगतमा एमालेले गरेका कामहरूलाई केन्द्रित भएर घोषणापत्र बनाउँदै मतदातासँग जाने बताए । ‘विदेशीहरू विभिन्न एनजीओका नाममा घुसेका छन्, हाम्रो राष्ट्रियता कमजोर बनाउने प्रयास भइरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा हाम्रो मुख्य एजेन्डा राष्ट्रियता जोगाउने र वैदेशिक हस्तक्षेप रोक्ने हुन्छ ।’
उनले लोकतान्त्रिक व्यवस्था र बहुदलीय व्यवस्था जोगाउने कुरामा दृढताका साथ लाग्ने भन्दै भक्तपुरमा मित्रवत् प्रतिस्पर्धा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण