आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

मङ्गलबार, ०६ माघ २०८२, १२ : ३०
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-६ मा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
  • दमौलीबाट पोखरातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा घाइते भएका व्यक्तिको उपचारका क्रममा मृत्यु भयो।
  • मृतकको नाम, थर र वतन खुलेको छैन, उनी अकला मन्दिर परिसरमा देखिने गर्थे, र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत यहाँको म्याग्दे गाउँपालिका–६ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसले ठक्कर दिँदा सोमबार सॉझ एक पैदलयात्री घाइते भएका थिए । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन खुलेको छैन । उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए । दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको थियो ।

बस चालक चितवन, इच्छाकामना गाउँपालिका–६ कालीखोला बस्ने ३८ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप