रुपन्देही–२ मा प्रलोपाको उम्मेदवारी : नारायण नागिलाले गराए मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ३४
बुटवल । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आफ्नो उम्मेदवारी दर्ता गरेको छ । प्रलोपाका तर्फबाट अध्यक्ष परिषद् सदस्य नारायण नागिलाले मंगलबार निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
बुटवल उपमहानगरपालिका–४ आदर्शनगर निवासी नागिला पार्टीका नेता तथा कार्यकर्ताहरूको लावालस्करसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । निर्वाचन आयोगले राजनीतिक दलहरूका लागि निर्धारण गरेको समय तालिका अनुसार प्रलोपाले उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेको हो ।
रुपन्देही–२ मा साना दलहरूले मनोनयन सुरु गरेसँगै चुनावी सरगर्मी बढेको छ । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका ठूला दलहरू पनि आजै मनोनयन दर्ताका लागि आउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण