कांग्रेस नेता वीरबहादुर बलायरद्वारा चुनाव नलड्ने घोषणा
मङ्गलबार, ०६ माघ २०८२, १२ : ४१
सारांश
- कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरे।
- उनले छोटो समयमै पटक–पटक हुने निर्वाचनप्रति असन्तुष्टि जनाएका छन्।
- बलायरले ६–६ महिनाको अन्तरालमा चुनाव लड्न नसक्ने तर्क दिए।
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको आधिकारिक टिकट पाएका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन्। मंगलबार मनोनयन दर्ताको अन्तिम तयारी भइरहेका बेला उनले अचानक चुनावी मैदानबाट बाहिरिने निर्णय सुनाएका हुन्।
बलायरले छोटो समयमै पटक–पटक हुने निर्वाचनप्रति असन्तुष्टि जनाउँदै आफू मैदानमा नजाने बताएका हुन्। उनले यसअघि पाँच वर्षका लागि चुनिए पनि ६–६ महिनाको अन्तरालमा चुनाव लड्न नसकिने तर्क अघि सारेका छन्।
‘यसअघि हामी पाँच वर्षका लागि चुनिएका थियौँ, अहिले कति पटक चुनाव लड्ने फेरि होला, ६–६ महिनामा चुनाव लड्न सकिँदैन,’ बलायरले सञ्चारकर्मीहरूसँग भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण