डिएनए परीक्षणले कुमारी आमा परे फसादमा !
गुल्मी– गुल्मीमा श्रीमान र सन्तानको नाता प्रमाणित गरी मानोचामल भराई पाउँ भन्दै महिलाबाट परेका थुप्रै मुद्धामध्ये ४ जना पुरुषले आफ्नो सन्तान नभएको भन्दै डिएनए परिक्षणको माग गरेका छन् । डिएनए परिक्षणबाट चारमध्ये एकजना पुरुषको मात्रै दावी पुरा भएको छ ।
डिएनए रिपोर्ट अरु तीनजना महिलाको पक्षमा आउन सकेन । एिनए परीक्षणलाई आधार मानेर मुद्धा फैसला हुने हो भने कुमारी आमाहरु अपत्र पर्ने देखिएको छ । कानुन व्यवसायी विष्णुप्रसाद वलाल भन्छन– ‘डिएनए विज्ञानको कुरा भयो ।
अदालतले अपराध अनुसन्धानका लागि विशेषज्ञबाट लिएको राय भएकाले त्यो नै पर्याप्त प्रमाण नमान्न सकिन्छ । अरु थुप्रै परिस्थितिजन्य प्रमाणहरु अदालतले जुटाउनुपर्ने पनि हुन्छ ।’ अर्का अधिवक्ता गोपाल खनाल पनि डिएनए नै बलियो प्रमाण हुन नसक्ने गरी सर्वाेच्चबाट यस्तो नजिर रहेको स्मरण गर्छन् ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौंमा गत श्रावण महिनादेखि यो असार मसान्तसम्म देशभरमै २३ वटा डिएनए परीक्षण गरिएको छ । प्रयोगशालाका प्रमुख वैज्ञानिक दिनेशकुमार झाले भने– ‘गत आर्थिक वर्षमा २३ वटा परीक्षण भएकामध्ये १२ वटा आमाको पक्षमा र ११ वटा पुरुषको पक्षमा रिर्पोट आएको छ ।’
अदालतले विज्ञानलाई नै वलियो प्रमाण ठानेर त्यस्ता मुद्धा फैसला गर्ने हो भने ती ११ वटी महिलाले आफ्ना सन्तानको बाबु खोज्न कहाँ जाने ? यो प्रश्न पनि उठेको छ । त्यस्तै ती महिलाहरुलाई एक भन्दा बढी पुरुषहरुसँग शारीरिक सम्पर्क राखेको भन्दै समाजमा चरित्र हत्या समेत हुने बताइएको छ ।
गुल्मीमा पछिल्लो डिएनए परीक्षणबाट सन्तान दावी हुन नसकेकी एक महिला भन्छिन– ‘ मेरो सन्तानको बाबु उबाहेक अरु कोही होइन, खै कसरी त्यस्तो रिर्पोट आयो मलाई मान्य छैन ।’ उनले आरोप लगाएका पुरुष भन्छन ‘डिएनएले मलाई न्याय दियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण