बारा–४ मा तामझामका साथ किसान श्रेष्ठद्वारा मनोनयन दर्ता
सारांश
- पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराए।
- उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन्।
- श्रेष्ठले जित सुनिश्चित रहेको दाबी गर्दै अधुरा काम पूरा गर्न जनताले पुनः आफूलाई जिताउने विश्वास व्यक्त गरे।
कलैया । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ 'किसान' ले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले मंगलबार जितपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
पूर्वमन्त्री श्रेष्ठ ठूलो संख्यामा रहेका समर्थक, बाजागाजा र र्यालीसहित तामझामका साथ उम्मेदवारी दर्ता गर्न पुगेका थिए । बारा–४ का निर्वतमान सङ्घीय सांसद समेत रहेका उनले मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । उनले यस क्षेत्रको विकास र अधुरा काम पूरा गर्नका लागि जनताले पुनः आफूलाई नै जिताउने विश्वास व्यक्त गरे ।
यसअघि नेकपा (एकीकृत समाजवादी) बाट चुनाव जितेका श्रेष्ठ केही समयअघि मात्रै आफ्नो 'पुरानो घर' एमालेमा फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण