उम्मेदवार
एमाले सचिव शेरधन राईले गराए मनोनयन दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १४ : १६
सारांश
- नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए।
- भोजपुरमा नेमकिपाका राजाराम बासी र श्रम संस्कृति पार्टीका ध्रुव राईले पनि मनोनयन दर्ता गराए।
- भोजपुरमा १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने अनुमान छ, जसमा १ लाख २५ हजार ७६६ मतदाता छन्।
भोजपुर । नेकपा एमालेका सचिव शेरधन राईले भोजपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राईले एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र श्रम संस्कृति पार्टीका ध्रुव राईले मनोनयन दर्ता गराएका छन् ।
भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने अनुमान गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण