रास्वपाका विराजभक्तले दिए काठमाडौँ-८ मा उम्मेदवारी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवारी दर्ता गराएका छन्।
- श्रेष्ठले युवा तथा खेलकुदमन्त्रीको रूपमा पनि काम गरिसकेका छन् र उनी राजनीतिलाई सुसंस्कृत बनाउन चाहन्छन्।
- अघिल्लो चुनावमा श्रेष्ठले १०,१०५ मत ल्याएर जितेका थिए र सुमन सायमीलाई पराजित गरेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
श्रेष्ठ शुभेच्छुक र मतदातालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा खेलकुदमन्त्री भएका थिए ।
राजनीतिलाई सुसंस्कृत र पारदर्शी बनाउने पक्षमा उनी निरन्तर लागिरहने उनले बताएका छन् । जवाफदेही राजनीतिले मात्रै नागरिकप्रति विश्वास जित्न सकिने उनको भनाइ छ ।
अघिल्लो चुनावमा उनी १० हजार १०५ मत ल्याई निर्वाचित भएका थिए । त्यतिबेला श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरेका थिए । पराजित सुमन सायमीले ५ हजार ८८९ मत ल्याएका थिए ।
उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण