कालिकोटमा भूपेन्द्रजंग शाहीले दिए स्वतन्त्र उम्मेदवारी, रोचक बन्दै चुनाव
सुर्खेत । कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।कालिकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
शाहीले यो पटक टिकट पाउने भन्दै सुरुमै चुनावी अभियान थालिसकेका थिए । तर बिचमा कांग्रेस विशेष महाधिवेशन चल्यो ।
त्यो क्रममा शाही विशेषतर्फ खुलेका थिएन । केन्द्रको गुटको शिकार बन्दा विशेषतिर खुलेका हर्षबहादुर बमले टिकट पाए ।
युवा नेता शाही यसअघि ०७० र ०७४ को प्रतिनिधि सभा चुनाव लडेका थिए । जिल्लामा लोकप्रिय रहेका शाहीलाई यो पटक जनताको सहानुभूति छ ।
नेविसंघको राजनीतिकदेखि नै सम्बन्ध समधुर नभएका कारण कांग्रेस सभापति गगनकुमार थापाले शाहीलाई टिकट नदिएको उनी निकट नेताहरू बताउँछन् । पार्टीको केन्द्रीय सभापति बन्दासम्म पनि विगतको विद्यार्थीकालको असहमतिलाई सम्झेर थापाले आफूलाई निषेधको काम गरेको उनले बताए । उनी शेखर कोइराला निकट नेता हुन् ।
यहाँ नेकपाभित्र पनि महेन्द्रबहादुर शाहीविरुद्ध जीवन बुढाले बागी उम्मेदवारी दर्ता गराएका छन् । नेकपा माओवादीबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र एमालेबाट नगीन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै रास्वपाबाट प्रकाश न्यौपाने उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण