कैलालीका पाँच निर्वाचन क्षेत्रमा ७९ जनाको उम्मेदवारी
कैलाली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका सबै ९ जिल्लामा उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। कैलाली जिल्लाका पाँच निर्वाचन क्षेत्रमा मात्रै ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलालीमा १३ स्वतन्त्र र ६६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन्।
कैलाली क्षेत्र नं १ मा सबैभन्दा बढी १९ जनाको उम्मेदवारी परेको छ भने क्षेत्र नं २, ४ र ५ मा समान १६–१६ जनाले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं ३ मा ११ जनाको उम्मेदवारी परेको छ। कैलाली क्षेत्र नं ४ बाट नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले उम्मेदवारी दिएका छन्।
सुदूरपश्चिमका अन्य चर्चित नेताहरूमध्ये अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल, कञ्चनपुर–२ बाट नेपाली कांग्रेसका एनपी साउद र बैतडीबाट कांग्रेसका चतुरबहादुर चन्द तथा एमालेका दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, बाजुरामा ७, बैतडीमा १२, बझाङमा ७ र दार्चुलामा ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन्। पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका कतिपय आकांक्षीहरूले स्वतन्त्र उम्मेदवारी दिएका कारण यसपटकको निर्वाचन थप चुनौतीपूर्ण र रोचक हुने देखिएको छ। भदौ २३ र २४ गतेको 'जेनजी' घटनापछिको बदलिँदो राजनीतिक परिवेशमा हुन लागेको यो निर्वाचनलाई धेरैले निकै चासोका साथ हेरेका छन्।
सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमध्ये अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले ८, नागरिक उन्मुक्ति पार्टीले ३, तत्कालीन एकीकृत समाजवादीले ३ र एमालेले २ क्षेत्र जितेका थिए। यसपटक दलहरूभित्रको आन्तरिक किचलो र स्वतन्त्र उम्मेदवारहरूको लहरले परिणाम कस्तो आउला भन्नेमा मतदातामाझ व्यापक चर्चा सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण