कैलाली– १ मा प्रलोपाबाट जनक राज शाहले दिए उम्मेदवारी
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका जनक राज शाहले कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
- उनले स्थानीय विकास, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई प्राथमिकता दिने बताएका छन्।
- शाहले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएका छन्।
कैलाली। प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट जनक राज शाहले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार टिकापुरस्थित निर्वाचन कार्यालयमा आयोजित कार्यक्रममा उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै उम्मेदवार शाहले जनताको आवाज संसदमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय विकास, सुशासन, पारदर्शिता र सामाजिक न्यायलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताए । साथै, क्षेत्रका सबै नागरिकलाई समान अवसर र सम्मान सुनिश्चित गर्ने लक्ष्यसहित अघि बढ्ने उल्लेख गरे ।
उनले भने, ‘हामी जनताको पक्षमा दृढ रूपमा उभिएर स्थानीय विकास, सुशासन, पारदर्शिता र सामाजिक न्यायका पक्षमा काम गर्नेछौँ । यो क्षेत्रका प्रत्येक नागरिकलाई समान अवसर, सम्मान र आवाज दिलाउनु नै मेरो प्रमुख लक्ष्य हो।’
शाहले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधार विकासलाई मुख्य एजेन्डा बनाएको जानकारी दिँदै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, किसानको हितमा काम गर्ने र आधारभूत सेवामा नागरिकको पहुँच सहज बनाउने योजनाबारे बताए ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीले स्थानीय विकास, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र दिगो रोजगारी सिर्जनालाई केन्द्रमा राखी चुनावी अभियानलाई तीव्र बनाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण