फुटबल
सुवारेज चम्किँदा पीएसजी २–१ ले पराजित
बुधबार, ०७ माघ २०८२, ०५ : ४३
सारांश
- च्याम्पियन्स लिगमा स्पोर्टिङले पीएसजीलाई २-१ गोलले पराजित गर्यो।
- स्पोर्टिङका लागि लुइस सुवारेजले दुई गोल गरे भने पीएसजीका लागि क्वारात्स्खेलियाले एक गोल फर्काए।
- पीएसजी १३ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा छ भने स्पोर्टिङ पनि १३ अंकसहित छैटौँ स्थानमा छ।
काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत बुधबार भएको खेलमा स्पोर्टिङले पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई २–१ गोलले पराजित गरेको छ ।
स्पोर्टिङका लागि लुइस सुवारेजले ७४औँ र ९० औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । पीएसजीका लागि ख्विचा क्वारात्स्खेलियाले ७९ औँ मिनेटमा एक गोल फर्काएका थिए ।
पीएसजी १३ अंकसहित अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ । समान १३ अंक नै जोडेको स्पोर्टिङ छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण