बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थ

एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो, तोलामा २ लाख ९५ हजार नाघ्यो

बुधबार, ०७ माघ २०८२, १० : ५०
बुधबार, ०७ माघ २०८२

सारांश

  • बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि भएको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
  • अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलर र भूराजनीतिक कारणले सुनचाँदीको मूल्य बढेको हो।

काठमाडौँ । नेपाली बजारमा एकैदिन सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा २ लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७०० रुपैयाँ कायम थियो। एकैदिन उल्लेख्य वृद्धि भएपछि सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिन २ लाख ४४ हजार ८५ रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार चाँदी तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य तोलामा ५ हजार ८८० रुपैयाँ थियो। १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा भूराजनीतिक कारणले सुनचाँदीको मूल्य प्रभावित भइरहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप