सेन्सरले दियो ‘परिवर्तन’लाई पिजी
सारांश
- चलचित्र 'परिवर्तन' सेन्सर बोर्डबाट पास भएको छ र पीजी प्रमाणपत्र प्राप्त गरेको छ।
- फिल्ममा एक्सन दृश्य र राजनीतिक विषयवस्तु समावेश भएकोले १६ वर्ष मुनिका दर्शकका लागि अभिभावक आवश्यक पर्नेछ।
- विजय केरुङको निर्देशन रहेको यस फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘परिवर्तन’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी (बालबालिकाले अभिभावको साथ हेर्नुपर्ने) सर्टिफिकेट दिँदै सेन्सर पास गरेको हो ।
फिल्ममा रहेका एक्सनका दृश्यहरूलाई मध्यनजर गर्दै सेन्सरले पिजी वर्गीकरण गरेको हो । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म विजय केरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा रहेको राजनीतिक उथलपुथल विषयले पिजी सर्टिफिकेट पाएको निर्देशक केरुङले बताए । उनका अनुसार केहि डर लाग्दा दृश्यका कारण १६ वर्षमुनिका दर्शकले फिल्म हेर्नका लागि अभिभावक चाहिएको हो।
फिल्ममा सुशील श्रेष्ठ,अञ्जना बराइली,सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भूमिका छ। दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’लाई दीपक सिवाकोटीले निर्माण गरेका हुन्। निर्माता सिवाकोटीकै कथा रहेको यस फिल्मको पटकथा तथा संवाद भने शिवम् अधिकारीले लेखेका छन्।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र एसडी योगीको सङ्गीत सुन्न सकिन्छ। फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण