उदयपुरका दुई निर्वाचन क्षेत्रमा ३१ जनाको उम्मेदवारी दर्ता
सारांश
- उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका दुर्गाकुमार थापाविरुद्ध देवराज राईले बागी उम्मेदवारी दिएका छन्।
- निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टीका सुरेशकुमार राईविरुद्ध मेजरकुमार राईले स्वतन्त्र बागी उम्मेदवारी दिएका छन्।
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट कुल ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमा निर्वाचन क्षेत्र नं. १ बाट १८ जना र क्षेत्र नं. २ बाट १३ जनाको उम्मेदवारी परेको छ। यसपटक दुवै क्षेत्रमा मुख्य दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी समेत परेको छ।
निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका आधिकारिक उम्मेदवार दुर्गाकुमार थापाविरुद्ध देवराज राईले बागी उम्मेदवारी दिएका छन्। यस्तै, निर्वाचन क्षेत्र नं. २ मा नेपाल कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार सुरेशकुमार राईविरुद्ध मेजरकुमार राईले स्वतन्त्र बागी उम्मेदवारी दर्ता गराएका छन्। राईले लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका हुन्।
- क्षेत्र नम्बर १
१) दुर्गाकुमार थापा – नेकपा एमाले (आधिकारिक)
२) देवराज राई (कल्याण) – स्वतन्त्र (बागी, एमालेविरुद्ध)
३) विदुर बस्नेत – नेपाली कांग्रेस
४) बलदेव चौधरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)
५) अमृतबहादुर खत्री – नेकपा (माओवादी)
६) पारसमणि गेलाल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
७) गणेशकुमार राई – जनता समाजवादी पार्टी (जसपा)
८) खड्गबहादुर खत्री – नेपाल मजदुर किसान पार्टी
९) सुवासचन्द्र खड्का – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
१०) गोकर्ण राई – नेपाल जनमुक्ति पार्टी
११) मनोजकुमार पौडेल – आम जनता पार्टी
१२) राजेशकुमार राई – श्रम संस्कृति पार्टी
१३) प्रशान्तकुमार राई – नागरिक सर्वोच्च पार्टी
१४) किशोर चौधरी – नेपाली जनता दल
१५) बद्रीविक्रम राई – मंगोल नेसनल अर्गनाइजेसन
१६) सुरेश राई – संयुक्त नागरिक पार्टी
१७) तिलक राई – राष्ट्रिय जनमोर्चा
१८) अर्जुन घिसिङ – उज्यालो नेपाल पार्टी
- क्षेत्र नम्बर २
१) सुरेशकुमार राई – नेपाल कम्युनिस्ट पार्टी (आधिकारिक)
२) मेजरकुमार राई – स्वतन्त्र (बागी, लिम्चुङबुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष)
३) रामकुमार राई – नेपाली कांग्रेस
४) अम्बरबहादुर रायमाझी – नेकपा एमाले
५) दुर्गाबहादुर तामाङ – नेकपा (माओवादी केन्द्र)
६) सूर्यबहादुर तामाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
७) केशवबहादुर मगर – जनता समाजवादी पार्टी (जसपा)
८) विष्णुबहादुर खड्का – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
९) पूर्णबहादुर बुढाथोकी – नेपाल मजदुर किसान पार्टी
१०) भाष्कर राई – मंगोल नेसनल अर्गनाइजेसन
११) अरुण राई – राष्ट्रिय परिवर्तन पार्टी
१२) बमबहादुर मगर – आम जनता पार्टी
१३) बलराज राई – श्रम संस्कृति पार्टी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण