दाङ– २ मा प्रलोपाका कान्छा उम्मेदवार बने प्रतिक
सारांश
- प्रजातिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले ई.प्रतिक अधिकारीलाई फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार बनाएको छ।
- घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ वर्षीय अधिकारी दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन्।
- अधिकारीले मुलुकमा स्वाधीनता, समृद्धि र संविधानको रक्षाका लागि पार्टीले आफूलाई अघि सारेको बताए।
काठमाडौँ । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट ई.प्रतिक अधिकारीलाई उम्मेदवार बनाएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी २६ वर्षका अधिकारी दाङ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका हुन् ।
तत्कालीन माओवादी केन्द्रको विद्यार्थी राजनीतिक आन्दोलनबाट उदाएका अधिकारी कान्छा उम्मेदवार हुन् । जेनजी आन्दोलन पछिको विषम राजनीतिक परिस्थितिको निर्माणसँगै मुलुकमा स्वाधीनता, समृद्धि र संविधानको रक्षाका निमित्त पार्टीले आफूलाई अघि सारेको उनले बताए ।
‘म विद्यार्थी राजनीतिसँगै सामाजिक सेवा र शिक्षालाई एकसाथ अघि बढाउँदै पार्टीको सङ्गठनको केन्द्रीय विभागको जिम्मेवारी निर्वाह गरिसकेको छु । नवयुवाको चाहना मुलुकको आवश्यकता र उचित निकासका लागि मलाई पार्टीले अगाडि सारेको हो’, उनले भने ।
उनी काठमाडौँ–दाङका सडकहरूमा राष्ट्रियता, जनजीविकाका सवालमा तथा एमसीसी परियोजनाका विरुद्धमा सङ्घर्ष गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण