सर्वोच्च अदालतले माग्यो निर्वाचन आयोगसँग लिखित जवाफ
सारांश
- सर्वोच्च अदालतले निर्वाचनमा 'राइट टु रिजेक्ट' कार्यान्वयन नगरेकोमा निर्वाचन आयोगसँग जवाफ मागेको छ।
- अधिवक्ता श्रीना नेपालसहितले 'राइट टु रिजेक्ट' कार्यान्वयन नभएको भन्दै सर्वोच्चमा अवहेलना निवेदन दर्ता गराएका थिए।
- सर्वोच्चले यसअघि २०७० र २०७३ सालमा 'राइट टु रिजेक्ट'को व्यवस्था गर्न आदेश दिएको थियो।
काठमाडौँ निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’ कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतबाट यसअघि भएको ‘राइट टू रिजेक्ट’को व्यवस्था गर्नु भनी दिएको आदेश कार्यान्वयन नभएको भन्दै दायर रिटमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगसँग महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हाे ।
‘राइट टू रिजेक्ट’को व्यवस्था कार्यान्वयन नभएपछि अधिवक्ता श्रीना नेपालसहितले सर्वोच्चमा अवहेलना निवेदन दर्ता गरेकी थिइन् । सर्वोच्चले दुई पटक निर्वाचनमा राइट टू रिजेक्टको व्यवस्था गर्नु भनी फैसला गरेको तर कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो । सर्वोच्चले २०७० र २०७३ सालमा यस विषयमा एउटै सल्ला सुनाएको थियो ।
२०७३ फागुन १३ गते पनि सर्वोच्चको फैसला कार्यान्वयन नभएकामा कारबाहीको माग गरी अधिवक्ता भद्रप्रसाद नेपाल स्वागतले सर्वोच्चमा दोस्रो पटक मुद्दा हालेका थिए । २०७९ वैशाख १५ को स्थानीय निर्वाचन अघि पनि अदालतको फैसला अनुसार कानुन नबनेको भन्दै अधिवक्ता नेपालले अदालतको अवहेलना सम्बन्धी मुद्दा हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण