६ महिनामा १० खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात, देशको व्यापार घाटा ८ खर्ब नजिक
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको अवधि (साउन–पुस ) मा १० खर्ब बराबरको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनामा १० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष ९ खर्ब २१ अर्ब १५ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । कुल व्यापारमध्ये ९ खर्ब ३९ अर्ब २ करोड बराबरको आयात भएको छभने १ खर्ब ४२ अर्ब १ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।
यस्तै गत वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको आयात हुँदा ९८ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअनुसार गत वर्षको तुलनामा आयात १४.१८ प्रतिशतले बढेको छभने निर्यातमा ४३.७६ प्रतिशतले बढेको देखिन्छ ।
आयातको तुलनामा निर्यातको वृद्धिदर निकै उच्च रहे तापनि, आयातको हिस्सा ठुलो भएका कारण व्यापार घाटा भने अझै बढेको छ । गत वर्षको तुलनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण