शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

उपेन्द्र यादवले गरे चुनावी अभियानको शुभारम्भ

बुधबार, ०७ माघ २०८२, १६ : ३५
बुधबार, ०७ माघ २०८२

सारांश

  • उपेन्द्र यादवले सप्तरीको डाक्नेश्वरी मन्दिरमा पूजा गरी चुनावी अभियान सुरु गरे।
  • उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेपछि मन्दिरमा पूजा गरेका हुन्।
  • उनले स्थानीय जनतासँग भेटघाट गरी सडक, शिक्षा, स्वास्थ्य जस्ता समस्याबारे जानकारी लिए।

राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको प्रसिद्ध धार्मिकस्थल डाक्नेश्वरी मन्दिरमा पूजाआजा गरी आफ्नो चुनावी अभियानको शुभारम्भ गरेका छन् ।  सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराए पश्चात् बुधबार डाक्नेश्वरी नगरपालिकास्थित प्रसिद्ध मन्दिरमा उनले पूजाआजा गरेका हुन् । 

पार्टीका नेताहरू रेणुकुमारी यादव, शैलेन्द्रप्रसाद साह, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयरका प्रत्यासी बेछु साह, पार्टीका पूर्वक्षेत्रीय अध्यक्ष कमलदेव यादव लगायतका नेता तथा समर्थकका साथ डाक्नेश्वरी देवीको दर्शन गर्नुका साथै त्यसक्रममा लोक आस्था तथा पूर्वाधारको अवस्थाबारे जसपा अध्यक्ष यादवले जानकारी लिएका छन् ।

पालिकाका नेता, कार्यकर्ता, शुभेच्छुक एवम् मतदाताहरूसँग भेटघाट गर्ने कार्यलाई अध्यक्ष यादवले आजदेखि अगाडि बढाएको सप्तरीका चर्चित पत्रकार श्यामसुन्दर यादवले जानकारी दिए । 

चुनावी अभियान एवं मतदाता भेटघाटको क्रममा सो क्षेत्रमा सडक, शिक्षा, स्वास्थ्य, सिञ्चाइको दयनीय अवस्थाबारे अध्यक्ष यादवसँग स्थानीय जनताले दु:खेसो पोखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप