बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्युजिल्याण्डविरुद्ध भारत ४८ रनले विजयी

बिहीबार, ०८ माघ २०८२, ०० : ४३
बिहीबार, ०८ माघ २०८२

सारांश

  • भारतले न्युजिल्याण्डलाई ४८ रनले पराजित गर्दै टी-२० शृंखलामा १-० को अग्रता लिएको छ।
  • पहिला ब्याटिङ गरेको भारतले २३८ रन बनायो, जसमा अभिषेक शर्माले ८४ रन बनाए।
  • न्युजिल्याण्ड १९० रनमा समेटियो, ग्लेन फिलिप्सको अर्धशतक पनि जितका लागि पर्याप्त भएन।

काठमाडौँ । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई ४८ रनले पराजित गर्दै १–० को अग्रता लिएको छ । बुधबार नागपुरमा सम्पन्न खेलमा भारतले पहिलो जित हात पारेको हो । 

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २३८ रनको विशाल योगफल तयार गर्‍यो । अभिषेक शर्माले विस्फोटक ब्याटिङ गर्दै ८४ रन बनाएका थिए र उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । रिंकु सिंहले ४४ रनको योगदान दिए भने कप्तान सूर्यकुमार यादवले ३२ र हार्दिक पाण्ड्याले २५ रन जोडे ।

बलिङतर्फ भारतका वरुण चक्रवर्ती र शिवम दुबेले २–२ विकेट लिए ।

२३९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९० रनमै सीमित रह्यो । ग्लेन फिलिप्सले अर्धशतक बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् ।

शृंखलाको दोस्रो खेल जनवरी २३ मा रायपुरमा खेलिनेछ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप