‘हेट स्पिच’विरुद्धको कानुनमा मतभेदपछि टुक्रियो अस्ट्रेलियाको विपक्षी गठबन्धन
मेलबर्न । घृणायुक्त अभिव्यक्ति (हेट स्पिच)सम्बन्धी कानुनलाई लिएर उत्पन्न मतभेदपछि अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल–नेशनल गठबन्धन विभाजित भएको छ । यस विभाजनले लिबरल पार्टीकी नेता सुसान लेयको नेतृत्व भविष्यसमेत अन्योलमा परेको छ ।
गत महिना सिड्नीको बन्डी बिचमा आयोजित यहुदी पर्वलाई लक्षित गर्दै भएको आतङ्कवादी आक्रमणमा १५ जनाको मृत्यु भएपछि सरकारले घृणास्पद अभिव्यक्ति नियन्त्रण गर्ने कानुनी सुधार अघि बढाएको थियो । सोही सुधारलाई लिएर केन्द्र–दक्षिणपन्थी गठबन्धनभित्र मतभेद चुलिएको हो ।
छाया मन्त्रिपरिषद्को निर्णय उल्लङ्घन गर्दै नेशनल पार्टीले सुधार विधेयकलाई समर्थन गर्न अस्वीकार गरेपछि गठबन्धन टुटेको हो । नेशनल पार्टीका नेता डेभिड लिटलप्राउडले सुसान लेयको नेतृत्वमा छाया मन्त्रिपरिषद्मा बस्न नसक्ने स्पष्ट पारेका छन् ।
बन्डी बिच आक्रमणमा मारिएकाहरूको राष्ट्रिय शोक दिवसकै दिन विभाजन घोषणा गर्दै लिटलप्राउडले हालको अवस्थामा गठबन्धन असम्भव बताए । भविष्यमा पुनः एकता हुन सक्ने सम्भावना अस्वीकार नगरे पनि उनले केही समय अलग रहनु राम्रै हुन सक्ने बताएका छन् ।
लिबरल पार्टीले लेबर सरकारसँग मिलेर घृणास्पद अभिव्यक्ति सुधार विधेयक पारित गर्न साथ दिएको थियो । तर अभिव्यक्ति स्वतन्त्रतामा खतरा हुने भन्दै नेशनल पार्टी तल्लो सदनमा भएको मतदानबाट टाढै बस्यो ।
माथिल्लो सदनमा यसले विधेयकको विपक्षमा मतदान गरेको थियो । नेशनलका तीन छाया मन्त्रीले राजीनामा दिएपछि सम्पूर्ण छाया मन्त्रिपरिषद् नै विघटन भएको छ । पहिलो महिला लिबरल नेता बनेकी लेय यसअघि नै कमजोर नेतृत्वको आरोप खेपिरहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
-
मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण