मनमैँजुमा २२ लाख बराबरको धनमाल चोरी
बिहीबार, ०८ माघ २०८२, १३ : ००
सारांश
- काठमाडौंको मनमैंजुमा एक व्यक्तिको कोठाबाट ठूलो परिमाणमा धनमाल चोरी भएको छ।
- चोरीमा सुन र चाँदीका गरगहनाहरू चोरी भएको र बजार मूल्य २१ लाख ८५ हजार रूपैयाँ रहेको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।
काठमाडौँ । राजधानीको तारकेश्वर नगरपालिका–१० मनमैँजुमा एक व्यक्तिको कोठाबाट ठुलो परिमाणमा धनमाल चोरी भएको छ। म्याग्दी धौलागिरी नगरपालिका–७ घर भई हाल मनमैंजुमा डेरा गरी बस्ने ४५ वर्षीया एलिजिबा पुनको कोठामा बुधबार बिहान चोरी भएको हो।
प्रहरीका अनुसार पुनको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरी भएका छन्। चोरी भएका सामानको बजार मूल्य करिब २१ लाख ८५ हजार रूपैयाँ बराबर रहेको छ। पीडितले दिएको जानकारीका आधारमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाएको छ।
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र घटनाको विषयमा थप आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण