बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चर्च ब्वाइजमाथि एपीएफ क्लबको सहज जित

बिहीबार, ०८ माघ २०८२, १३ : ४४
बिहीबार, ०८ माघ २०८२

सारांश

  • एपीएफ क्लबले चर्च ब्वाइजलाई ४-१ गोल अन्तरले पराजित गर्दै जित हासिल गर्यो।
  • समिराज थोकर, प्रदीप लामा र युवराज खड्काले एपीएफका लागि गोल गरे।
  • चर्च ब्वाइजका मिलन राजले एक गोल गरे, तर टोलीले हार टार्न सकेन।

काठमाडौँ । एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लबले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ । बिहीबार ललितपुरको च्यासलस्थित च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफको जितमा समिराज थोकरले खेलको २२ औँ मिनेट, प्रदीप लामाले ३८ औँ मिनेट र युवराज खड्काले खेलको ६० र ७७ औँ मिनेटमा गोल गरेका थिए । चर्च ब्वाइजका तर्फबाट एक मात्र गोल मिलन राजले खेलको ८२ मिनेटमा गरेका थिए ।

जितसँगै एपीएफको दुई खेलबाट ६ अङ्क भएको छ भने समान खेल खेलेको चर्च व्वाइजको १ अङ्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप