शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला
कञ्चनपुर । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खुला गरेको छ । निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो ।
निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रको कमजोर आर्थिक अवस्था भएका जनतालाई घर गोठ छाउन खर उपलब्ध हुने गरी खरखडाइ खुल्ला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए।
उनका अनुसार माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टर मा रु ५० को टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिएको छ । खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने छ ।
खरखडाइका समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन हुने निकुञ्ज कार्यालयले जनाएको छ ।
“खरखडाइले निकुञ्जभित्र सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकतासमेत पूरा हुन्छ ।” निकुञ्जका सूचना अधिकारी वाग्लेले भने, “खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुन्छ ।”
निकुञ्जले हरेक वर्ष घांँसे मैदान व्यवस्थापनमा ठूलो खर्च गर्दै आएको छ । कतिपय ठाउँमा खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण