देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द, थापाको खारेज
सारांश
- नवलपरासी (सुस्ता पश्चिम) मा एक उम्मेदवारको उम्मेदवारी रद्द भएको छ भने अर्को एक जनाको खारेज भएको छ।
- नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको हो, किनभने भीमबहादुर थापाले पहिले नै उम्मेदवारी दर्ता गराएका थिए।
- आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी कालोसूचीमा नाम भएका कारण खारेज गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) मा एक उम्मेदवारको उम्मेदवारी रद्द तथा एक जनाको खारेज भएको छ ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ भने आम जनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी खारेज गरिएको छ ।
निर्वाचन कार्यालयका अनुसार नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट कँडेल र भीमबहादुर थापा दुवैले आधिकारिक टिकट दाबी गर्दै उम्मेदवारी दर्ता गराएका थिए । थापाले पहिला उम्मेदवारी दर्ता गराएका थिए भने कँडेलले पछि दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्र राखी उम्मेदवारी कायम गराएका थिए ।
उम्मेदवारीको विषयमा विवाद भएपछि मुख्य निर्वाचन कार्यालयले पहिला दर्ता गर्ने थापाको उम्मेदवारीलाई आधिकारिकता दिँदै कँडेलको उम्मेदवारी रद्द गरिदिएको हो ।
त्यस्तै नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिएकी आम जनता पार्टीकी थापाको उम्मेदवारी खारेज भएको छ । सहायक निर्वाचन अधिकृत भेषराज खनालका अनुसार थापाको नाम कालोसूचीमा रहेको देखिएकाले उनको उम्मेदवारी खारेज गरिएको हो । उक्त निर्वाचन क्षेत्रबाट २७ जनाले उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी रद्द तथा खारेज भएसँगै अब उक्त निर्वाचन क्षेत्रमा ११ स्वतन्त्र र १५ दल गरी कुल २६ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते (भोलि) बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
उम्मेदवारी फिर्तापछि सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण