आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

एमआईटी कलेजद्वारा गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक प्रयास आयोजना

कृष्ण पाण्डेयद्वारा '५० शब्दहरू उल्टोबाट सबैभन्दा छिटो हिज्जे गर्ने' विधामा कीर्तिमान कायम
शुक्रबार, ०९ माघ २०८२, ०८ : २०
शुक्रबार, ०९ माघ २०८२

काठमाडौँ । मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) ले सफलतापूर्वक गिनिज वर्ल्ड रेकर्ड्सको एक आधिकारिक कीर्तिमान प्रयास आयोजना गरेको छ। उक्त कार्यक्रममा प्रख्यात स्मृति बिशेषज्ञ तथा पूर्व गिनिज वर्ल्ड रेकर्ड्स विजेता कृष्ण पाण्डेय ले '५० शब्दहरू उल्टोबाट सबैभन्दा छिटो हिज्जे गर्ने' विधामा एक उल्लेखनीय कीर्तिमान कायम गरेका छन्।

यस ऐतिहासिक कार्यक्रमको आयोजना मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीले काठमाडौँ मोडल सेकेन्डरी स्कुलसँगको सहकार्यमा गरेको हो, जसमा बेस्ट वेस्टर्न प्लस हस्पिटालिटी पार्टनरको रूपमा रहेको थियो। 

कीर्तिमानको यो प्रयास बागबजारस्थित काठमाडौँ मोडल सेकेन्डरी स्कुलमा गिनिज वर्ल्ड रेकर्ड्सका सबै नियम, विनियम र प्रमाण निर्देशिकाहरूको पूर्ण पालना गर्दै सम्पन्न गरिएको थियो।

पाण्डेयले उक्त चुनौती मात्र ५१.६६ सेकेन्डमा सफलतापूर्वक पूरा गर्नुभयो, जुन गिनिज वर्ल्ड रेकर्ड्सद्वारा निर्धारित मापदण्डहरू भन्दा उत्कृष्ट र माथिल्लो स्तरको रहेको छ।

पारदर्शिता, शुद्धता र अन्तर्राष्ट्रिय मापदण्डको सुनिश्चितताका लागि यो प्रयास प्रमाणित अधिकारीहरूको सुपरीवेक्षणमा सञ्चालन गरिएको थियो, जहाँ शब्द वाचक सुशान्त ज्ञवाली, समय सूचक निशान पौडेल र  बिनायक दाहाल रहेका थिए । 

यस कीर्तिमान प्रयासको स्वतन्त्र साक्षीका रूपमा राष्ट्रिय सभा सदस्य डा अञ्जान शाक्य, वरिष्ठ पत्रकार दिलभूषण पाठक ,मोडल इन्स्टिच्युट अफ टेक्नोलोजीका शैक्षिक निर्देशक देवी चरण न्यौपाने,  काठमाडौँ मोडल सेकेन्डरी स्कुलकासहायक मुख्य कार्यकारी अधिकृत अनिश ढकाल रहेका थिए ।

कार्यक्रमको अध्यक्षता केएमसी एजुकेशन नेटवर्कका अध्यक्ष रामेश्वर अर्यालले गरेका थियो भने कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय सभा सदस्य शाक्य रहेका थिए । 

कार्यक्रममा विभिन्न संस्थाका प्रिन्सिपलहरू, शिक्षाविद्हरू, राष्ट्रिय सञ्चार माध्यमका प्रतिनिधिहरू, पूर्व मन्त्रीहरू र शिक्षा क्षेत्रका दिग्गजहरू गरी करिब २०० जनाको सहभागिता रहेको थियो । 

सो अवसरमा बोल्दै आयोजक संस्था एमआईटी कलेजका सह संस्थापक, आरके दाहालले यो गिनिज वर्ल्ड रेकर्ड्स उपलब्धिले एमआईटीको उत्कृष्टता, नवीनता र विश्वव्यापी पहिचानप्रतिको प्रतिबद्धता झल्काउने कुरामा जोड दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप