खोलानाला सफा गर्दै काठमाडौँ महानगर, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरको सौन्दर्य फर्काउन र वातावरण स्वच्छ राख्न आफ्नो क्षेत्रभित्रका खोलानाला सरसफाइ अभियानलाई तीव्र पारेको छ। सहरलाई सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरले पछिल्लो समय जलसम्पदाको सफाइमा विशेष ध्यान दिन थालेको हो।

यसअघि अनामनगर क्षेत्रमा पर्ने धोबीखोला र टुकुचा खोलाको सरसफाइ सम्पन्न गरिसकेको महानगरले अहिले वडा नम्बर १६ स्थित विष्णुमती खोलामा ध्यान केन्द्रित गरेको छ। महानगरका कर्मचारीहरूले खोला किनारमा पलाएका अनावश्यक झाडी फाँड्ने र पानीमा थुप्रिएका फोहोर हटाउने कार्यलाई युद्धस्तरमा अघि बढाएका छन्।

खोलानाला अत्यन्तै दुर्गन्धित हुँदा सहरको सुन्दरतामा ह्रास आउनुका साथै पानीजन्य रोगहरूको जोखिम बढेपछि यो कदम चालिएको महानगरले जनाएको छ। खोलाको प्राकृतिक स्वरूप फर्काउन र ढलको उचित व्यवस्थापनका लागि पनि यो अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

सरसफाइसँगै महानगरले नगरवासीहरूलाई खोलानालामा फोहोर नफाल्न कडा आग्रह गरेको छ। खोलामा फोहोर फाल्नेलाई कारबाही गर्ने चेतावनी दिँदै महानगरले सहर सफा राख्ने दायित्व सबैको भएको स्मरण समेत गराएको छ।











तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण