१८ वर्षपछि ‘स्लमडग मिलियनेयर’ का बाल कलाकारको अवस्था : कोही व्यवसायी, कोही पुनः गरिबीमा
सारांश
- प्रसिद्ध फिल्म 'स्लमडग मिलियनेयर' प्रदर्शनमा आएको १८ वर्ष पूरा भएको छ, जसले विश्वव्यापी चर्चा कमाएको थियो।
- फिल्मका बाल कलाकारहरूमध्ये केहीले राम्रो जीवन बिताए भने, केही आर्थिक समस्यामा परे।
- सलिमको बाल्यकालको भूमिका निभाउने अजहरुद्दीन मोहम्मद इस्माइलको जीवन कष्टकर बनेको छ।
मुम्बई । विश्वभर तहल्का मच्चाएको चर्चित फिल्म ‘स्लमडग मिलियनेयर’ प्रदर्शनमा आएको १८ वर्ष पूरा भएको छ। भारतीय लेखक विकास स्वरूपको उपन्यास ‘क्यु एन्ड ए’ मा आधारित यस फिल्मले ओस्कार अवार्ड मात्र जितेन, यसका कलाकार र संगीतलाई पनि विश्वव्यापी चर्चा दिलायो।
ड्यानी बोयलको निर्देशनमा बनेको यस फिल्ममा जमाल, लतिका र सलिमको बाल्यकालको भूमिका निभाउने तीन कलाकारहरूको जीवन अहिले भने निकै बदलिएको छ।
फिल्मका निर्देशकले त्यतिबेला तीनै जना बाल कलाकारहरूको पारिश्रमिक एक ट्रस्टमा जम्मा गरिदिएका थिए। उक्त रकम उनीहरूले १६ वर्षको उमेरमा विद्यालयको पढाइ पूरा गरेपछि मात्र पाएका थिए।
निर्माण कम्पनीले उनीहरूलाई १६ वर्षको उमेरसम्म विद्यालय पुर्याउन अटोरिक्साको समेत व्यवस्था गरिदिएको थियो। तर, फिल्मले सफलताको शिखर चुमे पनि सबै कलाकारको भविष्य भने उस्तै सुखद हुन सकेन।
फिल्ममा सानो जमालको भूमिका निभाउने आयुष महेश खेडेकर अहिले २५ वर्षका भएका छन्। उनले त्यसपछि पनि केही फिल्म र प्रोजेक्टहरूमा काम गरे। त्यस्तै, सानी लतिकाको भूमिका निभाएकी रुबिना अलीले सन् २०२३ मा विवाह गरेर आफ्नो घरजम बसालेकी छन्। उनी अहिले मुम्बईमा आफ्नै एउटा सैलुन सञ्चालन गरिरहेकी छन्।
यसको विपरीत, जमालको दाजु सलिमको बाल्यकालको भूमिका निभाउने अजहरुद्दीन मोहम्मद इस्माइलको अवस्था भने निकै कष्टकर बनेको छ। ट्रस्टबाट रकम आउन बन्द भएपछि र आर्थिक सङ्कट चुलिएपछि उनले आफ्नो फ्ल्याट बेच्नुपर्यो।
उनी अहिले फेरि मुम्बईको बान्द्रास्थित नौपाडाको एउटा सानो अपार्टमेन्टमा सामान्य जीवन बिताउन बाध्य भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण