मोरङ–३ मा सुनिल शर्माको चुनावी घरदैलो अभियान
मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि घरदैलो अभियान सुरु गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका शर्माले चुनावी प्रचार प्रसारको लागि घरदैलो अभियान सुरु गरेका हुन् । यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट सांसद भएका शर्मा फेरि सांसद बन्ने दौडमा रहेका छन् । जनताको स्वास्थ्य र शिक्षामा शर्माको ठूलो योगदान रहेको यहाँका स्थानीयहरु बताउँछन् ।
निर्वाचन जितेर गएपछि शर्माले यस क्षेत्रको विकासमा ठूलो योगदान दिएको उनीहरुको भनाइ छ । डा शर्माले यहाँका स्थानीयहरुको निःशुल्क उपचार गर्ने गरेको स्थानीय बताउँछन् । फेरि पनि यस क्षेत्रबाट सुनिल शर्मा नै चुनाव जित्ने उनीहरुको भनाइ छ । नायिका रेखा थापाकी आमा सरस्वती थापाले डा. शर्माले जति मोरङको क्षेत्र नम्बर ३ मा कसैले विकासको काम गर्न नसकेको बताइन् ।
यसपटक अरु उम्मेदवारले नउठे पनि हुन्थ्यो नी जस्तो आफूलाई लागेको पनि उनको भनाइ छ । मृत्युको मुखमा पुगेका बिरामीलाई पनि उपचार गराएर बचाउने गरेको भन्दै उनले यहाँभन्दा ठूलो धर्म अरु केही नहुने बताए । उनले निर्वाचनमा अब फेरि पनि डा शर्मालाई नै जिताएर पठाउनुपर्ने बताइन् । सुन्दरहरैँचा १२ की स्थानीय सीता ढकालले आफू डा शर्माकै मतदाता रहेको र रहिरहने बताइन् ।
आफ्नै काका भानुभक्त ढकाल मन्त्री हुँदा आफूलाई सहयोग नगरेको प्रसंग निकाल्दै उनले डा शर्माले सधैँ समस्या पर्दा सहयोग गर्ने गरेको बताइन् । देवीमाया ढकालले सुनिल शर्माले सबै गरिबहरुको निःशुल्क उपचार गरिदिएको बताइन् ।
सोही कारण आफूहरुको रोजाई डा.शर्मा नै हुने उनको भनाइ छ । स्थानीय अरुणकुमार पण्डितले नयाँ उम्मेदवारहरु आए पनि यो क्षेत्रमा डा सुनिल शर्माकै पकड क्षेत्र रहेको बताए । यहाँका विपन्न जनतालाई डा शर्माले निःशुल्क उपचार गराउने गरेकोले पनि शर्माप्रति मान्छेको लगाव रहेको उनको भनाइ छ ।
स्थानीय मनोज सापकोटाले विगतको तुलनामा डा शर्माले जितेर गएपछि धेरै राम्रो काम गरेको देखिएको बताए । स्थानीयहरु सबै डा. शर्मालाई नै जिताउने पक्षमा रहेको उनीहरुको भनाइ छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण