युक्रेनको राजधानी किएभ र पूर्वी सहर खार्किभमा रुसी आक्रमण
युक्रेन । युक्रेनको राजधानी किएभ र पूर्वी सहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा १ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ ।
किएभका सैन्य अधिकारीहरूले ड्रोन र ब्यालेस्टिक मिसाइलको खतरा रहेको जानकारी दिएका छन् । किएभका मेयर भिताली क्लित्स्कोले टेलीग्राममा लेखेका छन्, “किएभमा ठूलो आक्रमण भइरहेको छ । कृपया आश्रय स्थलबाट बाहिर ननिस्कनुहोस् । केही गैरआवासीय भवनहरूमा क्षति पुगेको छ ।”
अहिलेसम्म १ जनाको मृत्यु भएको छ र ४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई अस्पतालमा भर्ना गरिएको छ । ड्रोनको अवशेषले केही भवनमा आगो लगाएको छ भने राजधानीका केही क्षेत्रमा तातो पानी र जलसेवा अवरुद्ध भएको छ । किएभ बाहिरका ४ जना थप घाइते भएका छन् ।
पूर्वी युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा मेयर इगोर तेरेखोवका अनुसार इरानी निर्माण शहेद ड्रोनले केही आवासीय भवनहरूमा क्षति पुर्याएको छ । प्रहरीले खार्किभमा १५ जना घाइते भएका छन् र दुई स्वास्थ्य संस्था पनि क्षतिग्रस्त भएको बताएको छ ।
यी आक्रमणहरू त्यस्तो समयमा भएका छन्, जब रूस, युक्रेन र अमेरिकाका वार्ताकारहरूले अबुधाबीमा ४ वर्ष लामो युद्ध अन्त्य गर्ने योजनामा पहिलो प्रत्यक्ष वार्ता गरेका थिए । युक्रेनी राष्ट्रपति भोलोडिमिर ज़ेलेन्स्कीले भूमि विवाद अझै प्रमुख अड्चन बनेको बताएका छन् र मस्कोले किएभलाई पूर्वी डोनबास क्षेत्रबाट फिर्ता हुन दबाव दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण