मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा झर्‍यो, काम गर्ने कुल समय पहिलो पटक २ अर्ब घण्टा पुग्यो

शनिबार, १० माघ २०८२, १५ : ०७
शनिबार, १० माघ २०८२

सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको छ । यसै अवधिमा अस्ट्रेलियालीहरूले काम गरेको कुल समय पहिलो पटक २ अर्ब घण्टा पुगेर नयाँ कीर्तिमान कायम गरेको छ ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार नोभेम्बरमा ४.३ प्रतिशत रहेको बेरोजगारी दर डिसेम्बरमा ४.१ प्रतिशतमा झरेको हो। यो सन् २०२५ मा रेकर्ड गरिएको सबैभन्दा न्युन स्तर हो । तथ्याङ्कअनुसार नोभेम्बर र डिसेम्बरको बीचमा रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको कुल संख्या ६५ हजार २ सयले बढेको छ ।

सोही अवधिमा आधिकारिक रूपमा बेरोजगारको सूचीमा रहेका व्यक्तिहरूको संख्या भने २९ हजार ८ सयले घटेको छ । नोभेम्बर र डिसेम्बरको बीचमा अस्ट्रेलियालीहरूले काम गरेको कुल घण्टामा ०.४ प्रतिशतले वृद्धि भई २ अर्ब पुगेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप