बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैन: अध्यक्ष बिजुक्छेँ

आइतबार, ११ माघ २०८२, ०० : २१
आइतबार, ११ माघ २०८२

सारांश

  • नारायणमान बिजुक्छेँले देशको राजनीतिक अवस्था अझै राम्रो नभएको बताए ।
  • उनले राजनीतिक दलहरू भताभुङ्ग अवस्थामा रहेको र फुटिरहेको कुरा व्यक्त गरे ।
  • बिजुक्छेँले नेमकिपाले देश र जनताको हितमा काम गरिरहेको बताए ।

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् ।

नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोजना गरेको विचारगोष्ठी एवं पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले देशको राजनीतिक अवस्था सङ्लो नहुँदा देश समस्यामा पर्ने बताए ।

“यतिखेर हरेक राजनीतिक पार्टीहरू भताभुङ्ग अवस्थामा छन् । पार्टीहरू फुटिरहेका छन्”, अध्यक्ष बिजुक्छेँले भने ।

अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा राखेर राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले नेमकिपाले यो बाटोलाई कहिल्यै नछाडेको र नेमकिपाले नयाँ ढङ्गले राजनीतिलाई अगाडि बढाइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप