रु चार करोडमा प्रभा माविको १६ कोठे भवन निर्माण
म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । सङ्घीय सरकारको करिब रु चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीनतले भवन निर्माण गरेको छ । निर्माण कम्पनीले २०८० सालमा रु तीन करोड ८४ लाख १८ हजार ९०७ मा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले निर्धारित समय २०८२ पुस महिनाभित्रै भवन निर्माण सकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिए । भूकम्पप्रतिरोधी क्षमताको भवनमा १६ वटा कोठा छन् । आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय सरकारले शिषेष अनुदान शीर्षकमा बजेट विनियोजन गर्न छुटाएपछि रोकिएको निर्माणकार्यलाई चालु आवमा बाँकी रु एक करोड ८४ लाख विनियोजन भएपछि पूर्णता पाएको अध्यक्ष गुरुङले बताए।
निर्धारित समयमै भवन निर्माण सकिए पनि सरकारले बजेट निकासा नदिएकाले व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् । हालसम्म रु दुई करोड बजेट खर्च भएको योजनाका लागि चालु आवमा विनियोजन भएको बजेट निकासाप्राप्त भएको छैन ।
प्रभा माविमा सञ्चालित इलेक्ट्रिकल इन्जिनियरिङ विषयको पठनपाठनका लागि नयाँ भवन निर्माण भएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा एक सय ६५ विद्यार्थी छन् । नयाँ भवन निर्माण भएपछि पठनपाठन सहज भएको प्रअ दुर्गालाल रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्यो
-
कोशीका खानेपानी सचिवले ‘मैले हात उठाएँ’ भनेपछि सांसदले भने– झोला बोकेर जानु
-
फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ को निर्माण घोषणा
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण