नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ
आइतबार, ११ माघ २०८२, १२ : ५९
सारांश
- नागढुंगा चेक प्वाइन्टमा प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बागमती प्रदेशका ३६ वर्षीय निरोज न्यौपाने रहेका छन्।
- प्रहरीले न्यौपानेको साथबाट ७ ग्राम खैरो हेरोइन बरामद गरेको छ।
काठमाडौँ । काठमाडौँको नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती प्रदेश–००१–००६ ख ७३३५ नम्बरको बसमा सवार ३६ वर्षीय निरोज न्यौपाने छन् ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका न्यौपानेको साथबाट ७ ग्राम खैरो हेराइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । आइतबार बिहान साढे ६ बजेतिर चेकजाँच गर्दा उनी पक्राउ परेका हुन् । इटहरी घर भएका न्यौपानेबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण