बागमती प्रदेशमा २ बजेसम्म ३१५ जनाले गरे मतदान
आइतबार, ११ माघ २०८२, १४ : १६
सारांश
- बागमती प्रदेशमा राष्ट्रिय सभा निर्वाचन जारी छ, जसमा ३१५ जनाले मतदान गरिसकेका छन्।
- स्थानीय तहका प्रमुख र उपप्रमुख मध्ये २२७ जनाले मतदान गरेका छन् भने प्रदेश सभाका ८८ सांसदले मतदान गरे।
- निर्वाचन दिउँसो ३ बजेसम्म चल्नेछ र मतदान लगत्तै मतगणना सुरु हुनेछ।
हेटौँडा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशतर्फको २ सिटका लागि मतदान जारी छ। दिउँसो २ बजेसम्म बागमती प्रदेश तर्फको कुल मतदाता ३३४ मध्ये ३१५ जनाले मतदान गरेका छन् ।
प्रदेशको ११९ स्थानीय तहका २३८ मध्ये ३ ले राजीनामा र एक जना निलम्बनका कारण मतदानमा सहभागी हुन पाएनन् । सो बाहेक कायम भएको २३४ मतदाता मध्ये २२७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका छन् ।
प्रदेश सभा तर्फको ११० सांसद मध्ये १०४ जनाले मताधिकार प्राप्त गरेका थिए । ६ सांसदले राजीनामा गरेका कारण मताधिकार प्राप्त नगर्दा हाल सम्म ८८ ले मतदान गरेका छन् ।
बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म तोकिएको छ । मतदान सम्पन्न भए लगत्तै मतगणना गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, मतदान प्रक्रिया ढिलाइ हुने
-
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
-
सुदूरपश्चिमका दुर्गम बस्तीमा कहिले सडक पुर्याउला सरकारले ?
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण