जनार्दन र प्रचण्डको क्षेत्रमा प्रलोपालाई एमालेको समर्थन
सारांश
- एमाले र प्रलोपाबीच फागुन २१ गते हुने निर्वाचनमा केही क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ।
- सहमति अनुसार प्रलोपाले पश्चिम रुकुम र पूर्वी रुकुमका उम्मेदवारलाई समर्थन गर्नेछ।
- एमालेले कर्णाली प्रदेश र राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारलाई समर्थन गर्नेछ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बिच केही क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ ।
आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘वादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष दुर्गा सोवबिच तालमेल गर्ने सहमति भएको हो ।
सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा मतदान गर्नेछ ।
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका जिल्लाहरू र पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा (एमाले)का उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा मतदान गर्नेछ ।
‘दुवै पार्टीहरूले उपरोक्त सहमति कार्यान्वयन गर्न आ–आफ्नो आन्तरिक पङ्क्तिलाई अविलम्ब निर्देशन गर्ने सहमति भएको छ’, थापा र सोवले गरेको सहमति पत्रमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण