रास्वपा बारा–३ का क्षेत्रीय उपसभापति उज्यालो नेपाल पार्टी प्रवेश
बारा । बारा क्षेत्र नं. ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् । आइतबार पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए । उनले उक्त पार्टी जनमुखी नभई धनी वर्गको पक्षमा केन्द्रित पार्टी बनेको दाबी गर्दै जनताको वास्तविक मुद्दा उठाउन नसकेको पनि बताए । साथै सामाजिक सञ्जालबाट मात्रै देश विकास सम्भव नहुने उल्लेख गर्दै व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँगै काम गरेर अघि बढेको पार्टी भएको बताउँदै यही पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्ने पार्टी भएको बताउँदै देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक रहेको धारणा राखे । अधिकारीको पार्टी प्रवेशले उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने विश्वाससमेत उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण