गगन थापाको कार्यशैलीप्रति राजेन्द्र बजगाईँ असन्तुष्ट
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको कार्यशैलीप्रति नेता नेता राजेन्द्र बजगाईँ असन्तुष्ट देखिएका छन् ।
लामो समयदेखि पार्टीको राजनीतिमा सक्रिय बजगाईँले नेतृत्वको कार्यशैली र पछिल्लो समय टिकट वितरणमा भएको अन्यायलाई मुख्य कारण देखाउँदै उनी नेतृत्वप्रति असन्तुष्ट देखिएका हुन् ।
रातोपाटीसँग कुराकानी गर्दै नेता बजगाईँले पार्टीभित्र आफूलाई किनारा लगाइएको र नेतृत्वले पक्षपाती व्यवहार गरेको आरोप लगाए । उनले भने, 'सभापति गगन थापा र जिल्ला सभापति नन्दु न्यौपानेको भूमिकाका कारण म अहिले पार्टीका गतिविधिमा सहभागी हुन सक्ने अवस्थामा छैन, त्यसैले निष्क्रिय बस्ने निर्णय गरेको छु ।'
पार्टीभित्र डा. शेखर कोइराला पक्षीय समूहमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका बजगाईँ पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।
उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका आकांक्षी थिए ।
तर, पार्टीले गाेरखा– १ मा उनको सट्टा प्रेमकुमार खत्रीलाई टिकट दिएपछि बजगाईँले आफूमाथि अन्याय भएको महसुस गर्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन् ।
टिकट वितरणमा हुने ’पावर स्ट्रगल’ का कारण पार्टीलाई आगामी निर्वाचनमा चुनौती थपिन सक्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण