मनिषाले लिइन् दुई ओभरमा तीन विकेट
सोमबार, १२ माघ २०८२, ०९ : ३०
सारांश
- आईसीसी महिला टी-२० विश्वकप छनोटमा मनिषा उपाध्यायले स्कटल्याण्डविरुद्ध तीन विकेट लिइन्।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गरेको थियो।
- मनिषाले दुई ओभरमा ६ रन दिएर तीन विकेट लिइन्।
काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध नेपालकी स्पिनर मनिषा उपाध्यायले तीन विकेट लिएकी छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो बलिङ गरेको नेपालका लागि उनले तीन विकेट लिएकी हुन् । मनिषाले खेलको पहिलो ओभरमा दुई विकेट लिँदा तेस्रो ओभरमा थप एक विकेट लिइन् ।
दुई ओभर बलिङ गरेकी मनिषाले मात्र ६ रन खर्चेर तीन विकेट लिएकी छन् । उनले पहिलो ओभरमा क्याथरीन फ्रेजर र डार्सी कार्टरको विकेट लिँदा तेस्रो ओभरमा कप्तान क्याथरीन ब्राइसको विकेट लिइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण