बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

बिहे गरेर घरमा भित्र्याएकै रात बेहुलीले जन्माइन् छोरी, गाउँलेलाई मिठाइ बाँडे बेहुलाले

सोमबार, १२ माघ २०८२, १२ : २६
सोमबार, १२ माघ २०८२

सारांश

  • उत्तर प्रदेशको रामपुर जिल्लामा बिहे गरेकै रात बेहुलीले बच्चा जन्माएकी छिन्।
  • बेहुला र बेहुलीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो, र उनीहरुले गाउँलेलाई मिठाई बाँडे।
  • युवतीले प्रहरी चौकीमा बिहेको लागि निवेदन दिएपछि दुवै पक्षको सहमतिमा विवाह भएको थियो।

नयाँ दिल्ली । बिहे गरेर घरमा भित्र्याएकै रात बेहुलीले सन्तानलाई जन्म दिएको घटना आफैँमा नौलो हो । अझ बिहे लगत्तै पत्नीले सन्तानलाई जन्मदिएको खुसीमा गाउँलेलाई मिठाइ बाँड्नु पनि दुर्लभ घटना हो ।

भारतको उत्तर प्रदेश राज्यको रामपुर जिल्लामा यस्तै एउटा घटना प्रकाशमा आएको छ । अजीमनगर थाना क्षेत्रको कुम्हरिया गाउँमा बिहे भएको केही घण्टामै बेहुलीले सन्तान जन्माएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कुम्हरिया गाउँ निवासी युवक रिजवानको बिहे बहादुरगंज गाउँ निवासी युवतीसँग हुने तय भइसकेको थियो । दुवैबिच लामो प्रेम सम्बन्ध थियो । बिहेको तयारीका सम्बन्धमा दुवै परिवारबिच छलफल भइरहेको थियो ।

केही दिनअघि अजीमनगर थाना क्षेत्रको मुरसैना प्रहरी चौकीमा पुगेर युवतीले बिहे गराइदिन माग गर्दै निवेदन दिएकी थिइन् । गाउँका प्रधानसहितको उपस्थितिमा दुवै पक्षबिच आपसी सहमतिमा बिहे तय गरिएको थियो ।

सोही अनुसार शनिबार केही आफन्त लिएर बेहुला आफ्नी प्रेमिकासँग बिहे गर्न बहादुरगंज गाउँ पुगे । उनीहरूको परम्परागत तरिकाबाट विवाह भयो । राति बेहुली भित्र्याउने प्रक्रिया पूरा भयो । सोही रात बेहुलीलाई व्यथा लाग्यो । राति नै बेहुलीले स्वस्थ शिशुलाई जन्म दिएको बताइएको छ ।

छोरी जन्मिएको खुसीमा बेहुलाले आइतबार गाउँलेलाई मिठाइ बाँडेका थिए । अजीमनगर थाना प्रमुख कारण सिंहका अनुसार दुवैबिच पहिलादेखि नै प्रेम सम्बन्ध रहँदै आएको र सोही क्रममा युवती गर्भवती रहेको प्रकाशमा आएको छ । दुवै जना आपसमा मिलेर घरजम गर्न तयार रहेका कारण कुनै प्रकारको उजुरी नपरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप