आचार्यले सम्हाले सानिमा बैंकमा सीईओको जिम्मेवारी
सारांश
- पवन कुमार आचार्यले सानिमा बैंकको सीईओको रूपमा कार्यभार सम्हालेका छन्।
- उनी विगत २१ वर्षदेखि सानिमा बैंकमा विभिन्न पदमा रही काम गर्दै आएका थिए।
- आचार्यको मुख्य विशेषज्ञता कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा रहेको छ।
काठमाडौँ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त पवन कुमार आचार्यले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले गत कात्तिक २४ गते गरेको निर्णयअनुसार उनलाई आगामी कार्यकालका लागि बैंकको नेतृत्व सुम्पिएको हो।
नवनियुक्त सिइओ आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमै विभिन्न जिम्मेवारीमा रहेर विशिष्ट योगदान पुर्याउँदै आएका व्यक्ति हुन्। यसअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बैंकको लामो सेवा अवधिमा उनले १० भन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरिसकेका छन्। उनको मुख्य विशेषज्ञता कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा रहेको छ। बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनीसँग इन्जिनियरका रूपमा ४ वर्ष काम गरेको अनुभव छ भने उनले ५ वर्षसम्म भिजिटिङ फ्याकल्टीका रूपमा समेत सेवा दिएका थिए।
आचार्यले संयुक्त राज्य अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र भारतको एमलएनआइटी, जयपुरबाट इन्जिनियरिङमा स्नातक गरेका छन्। उनले आफ्नो विद्यालय तहको एसएलसी परीक्षामा बोर्ड तेस्रो स्थान हासिल गरेर उत्कृष्ट शैक्षिक छवि बनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण