पर्वतमा कुष्ठरोगीको सङ्ख्या घट्दै, चार जना उपचाररत
सारांश
- पर्वतमा कुष्ठरोगीको संख्या घट्दै गएको छ, हाल चार जना मात्रै उपचाररत छन्।
- जनचेतना वृद्धि र खोजपड्ताल कम हुनुले रोगीको संख्या घटाएको देखिन्छ।
- डाक्टरहरूका अनुसार समयमै उपचार गरे कुष्ठरोग निको हुन्छ।
पर्वत । जिल्लामा पछिल्ला केही वर्षयता कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । हाल चारैजना उपचाररत छन् ।
तीन जनाले प्रदेश अस्पतालबाट नियमित उपचार तथा औषधि सेवन गरिरहेका छन् भने एक जनाले विहादीमा रहेको स्वास्थ्य केन्द्रबाट औषधि सेवन गर्दै आएका कार्यालयले जनाएको छ । त्रिहत्तरौँ विश्वकुष्ठरोग दिवसका अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले आयोजना गरेको अन्तर्क्रियामा आर्थिक वर्ष २०७९/८० मा १५ जना कुष्ठरोगी रहेकामा सबै निको भइसकेका छन् ।
आव २०८०/८१ मा छ जना नयाँ बिरामी पत्ता लागेका थिए । चालु आवको छ महिनासम्म चार जना पत्ता लागेकामा सबै उपचाररत रहेका कार्यालय प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । पछिल्लो समय जनचेतना अभिवृद्धि हुँदै जानु, जाँच तथा खोजपड्तालको कार्यक्रम कम हुनुलगायत कारणले कुष्ठरोगीको सङ्ख्या घट्दै गएको उनको भनाइ छ ।
कुष्ठरोगको जाँच तथा खोजीकार्य निकै झन्झटिलो रहेको बताउँदै अर्कोतर्फ बिरामी खुल्न नचाहने र समाजले हेर्ने दृष्टिकोणका कारण पनि समस्या भएको जिल्ला अस्पतालका डा मिलन अवालेले उल्लेख गरे । धार्मिक ग्रन्थले गरेको व्याख्या र सामाजिक दृष्टिकोणका कारण रोग लुकाउने समस्या समाजमा व्याप्त रहेको उनको भनाइ छ । कतिपय बिरामी सम्पर्कमा आउन नचाहेको पनि देखिएको छ ।
कुष्ठरोग निवारणका लागि नयाँ कुष्ठरोगीको पहिचान गर्ने, उपचार गराइसकेका ठाउँमा फेरि जाँचबुझ गर्ने, विद्यालयमा सचेतनामूलक कार्यक्रम गर्ने र समयमै नागरिकलाई सुसूचित गराउँदै आएको कार्यालय प्रमुख आचार्यले बताए ।
कुष्ठरोगका बारेमा समाजमा अझै पनि गलत धारणा रहेको बताउँदै समयमै उपचार गर्न सके कुष्ठरोग निको हुने डा अवालेले जानकारी दिए । सदरमुकाम कुश्मा आसपासका बिरामी रहेकाले जनचेतनासँगै बिरामीको उपचार गराउने उदासीनताका कारण यो रोग निर्मूल पार्न नसकिएको उनको भनाइ छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले जुनसुकै रोग लागे पनि व्यक्ति संवेदनशील हुनुपर्नेमा जोड दिए । कुष्ठरोगलाई पनि अन्य रोगसरह हेर्नुपर्ने बताउँदै यसका लागि समाजमा सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण