वैदेशिक रोजगारीको लोभ देखाएर ठगी गर्ने चार जना पक्राउ
सारांश
- प्रहरीले आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गर्ने ४ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा स्याङ्जा, मकवानपुर, गुल्मी र चितवनका व्यक्तिहरू छन्, जसले विभिन्न देश पठाउने भन्दै रकम असुलेका थिए।
- पीडितको उजुरीपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा स्याङ्जाका ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुरकी २६ वर्षीया मनिषा अधिकारी, गुल्मीका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र चितवनका २७ वर्षीय सरल आचार्य रहेका छन्। उनीहरूले वैदेशिक रोजगारीका लागि विभिन्न देश जाने तयारीमा रहेका युवाहरूबाट लाखौँ रकम असुलेर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो।
पक्राउ परेकामध्ये कृष्ण कुँवरले सर्विया पठाइदिने बहानामा एक जनाबाट २ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुलेको छ। त्यस्तै, मनिषा अधिकारीले क्यानडा पठाइदिन्छु भन्दै २ लाख ५० हजार, भक्त प्रसाद मरासिनीले रोमानियाका लागि २ लाख २५ हजार र सरल आचार्यले युएई पठाइदिने प्रलोभनमा २ लाख ६२ हजार रूपैयाँ ठगी गरेका थिए। रकम बुझाएपछि आरोपितहरू सम्पर्कविहीन भएपछि पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा उजुरी दिएका थिए।
पीडितहरूको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले कृष्ण, मनिषा र भक्त प्रसादलाई आइतबार तथा सरललाई सोमबार काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण