कोलकातामा दुई गोदाममा आगलागी, कम्तीमा आठ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित आनन्दपुर क्षेत्रमा सोमबार दुई ओटा गोदाममा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । कम्तीमा २० जना कामदारका परिवारले प्रहरी चौकीमा मान्छे बेपत्ता भएको उजुरी लेखाएका छन् । कोलकाता प्रहरीका एक अधिकारीले अहिलेसम्म फेला परेका सबै आठ जनाको शव नराम्ररी जलेको र पहिचान गर्न गाह्रो भएको बताएका छन् ।
यसैबीच, घटनालाई लिएर राजनीतिक विवाद पनि तीव्र भएको छ । दमकल स्रोतले एक प्रसिद्ध मोमो कम्पनीका यी गोदामहरूमा पेय पदार्थ र सुख्खा खानाका प्याकेटहरू राखिएको बताएको छ । आइतबार साँझ ३ बजे आगलागी भएको खबर आएको थियो । लगभग एक दर्जन दमकलले आगो निभाउन प्रयास गरेको भएपनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएको बताइएको छ ।
बरुईपुरका प्रहरी अधीक्षक शुभेन्दु कुमारले पत्रकारहरूलाई भने, ‘यस समयमा, जनधनको क्षतिको सही तथ्याङ्क दिन असम्भव छ । घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि मात्र तस्वीर स्पष्ट हुनेछ ।’ दुबै गोदामहरू ठूलो क्षेत्रफलमा बनेका र आगो कसरी सुरु भयो भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको घटनास्थलको भ्रमण गरेका अग्नि नियन्त्रक मन्त्री सुजित बसुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण